राजनीति
जव शान्ति प्रकृयामा माओवादी आयो पार्टी भित्र बिस्तारै कतै बिचलन र कतै बैचारिक संघर्ष सुरु भयो र पछिल्लो समय आइपुग्दा तत्कालिन आधार क्षेत्रका फिल्ड मार्शलहरुले प्रचण्डलाइ छोडदै गए । त्यो यति सम्म भयो कि तत्कालीन २९ जना पोलिट्ब्युरो सदस्य मा प्रचण्ड सग १० जना मात्र रहेका थिए । बाकी १९ जनाले प्रचण्डमा बैचारिक स्खलन आएको भन्दै बिद्रोह गरेका थिए ।
पछिल्लो समय प्रचण्डलाइ थेग्न गाह्रो हुने झट्का दिएर पार्टी बाट बिद्रोह गर्नेमा जनयुद्धका सुत्रधार मानिने मोहन बैध किरण सहितको टिम थियो । जब तत्कालीन अध्यक्षमा बिचलनता देखिएको भन्दै बौद्ध भेला गरेर पार्टी घोषणा गरे उनी संगै आएका १३ जना पोलिट्ब्युरो यस्ता थिए । यिनै तेह्र जना नै प्रचण्ड सगको अन्तर संघर्षका हस्तिहरु थिए । जसले गर्दा प्रचण्डलाइ ठुलो झट्का दिएको थियो ।
उनिहरु यसप्रकारका थिए
मोहन बैध ‘किरण’
चन्द्र प्रकाश गजुरेल ‘गौरव’
राम बहादुर थापा ‘बादल’
देव प्रसाद गुरुङ ‘कान्छाबहादुर’
नेत्र बिक्रम चन्द ‘विप्लव’
हरिभक्त कंडेल ‘प्रतिक’
हितमान शाक्य ‘सुमन’
पम्फा भुसाल ‘बिधुत’
इन्द्रमोहन सिग्देल ‘वसन्त’
खडग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’
नारायण प्रसाद शर्मा ‘कमल प्रसाद’
धर्मेन्द्र बास्तोला ‘कंचन’
कुल प्रसाद केसी ‘सोनाम’
राजनीतिक दस्तावेज बाट