logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रदेश ५ का मुख्यमन्त्री पोख्रेलले पदवाट राजिनामा दिने !


  • राजनीति
  • बुधबार, पुष ४ २०७५

काठमाडौं –   प्रदेश ५ का मुख्यमन्त्री एव सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति  म्शंकर पोखरेलले कृष्णबहादुर महराका कारण प्रदेश सभामा जान बाध्य भएको गुनासो गरेका छन् ।

स्थायी समितिको बैठकमा पोखरेलले दुई अध्यक्षका कारण आफू प्रदेश सभामा झर्नु परेको गुनासो गरेका हुन् ।पोखरेलले पार्टीको नेतृत्व नछाड्ने तर मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार रहेको बताएको स्रोतले जनाएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली निकटका मानिने पोखरेललाई प्रदेश ५ को मुख्यमन्त्री र नेकपाको प्रदेश संयोजक बनाइएको छ । पोखरेललाई दोहोरो जिम्मेवारी दिएको भन्दै नेकपाभित्र आलोचना हुँदै आएको छ ।

पोखरेलले भनेका थिए, ‘राजनीतिक जिम्मेवारी छड्दिँन, मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’

पोखरेलले आफूले प्रदेशसभामा जान नचाहेको तर, कृष्णबहादुर महरालाई दाङमा उम्मेदवार बनाउनुपर्ने भयो भनेर केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा बाध्यताले मात्र प्रदेश सभामा गएको गुनासो गरेका थिए । राजनीतिक जिम्मेवारी दिने बचन दुबै अध्यक्षले आफूलाई दिएको पोखरेल बैठकमा धारणा राखेको एकजना नेताले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार