logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पोखरामा श्रेष्ठको पत्राकार भेटघाट कार्यक्रममा पत्रकारहरु २० मिनेट ढिलो पुग्दा


  • राजनीति
  • मंगलबार, पुष १० २०७५

आश तमु पोखरा- नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठको पोखरामा राखिएको पत्राकार भेटघाट कार्यक्रममा पत्रकारहरु सप्राइज भएका छन।

नेपाल कम्युनिष्ट पार्टी कास्कीले आयोजना गरेको एक कार्यक्रममा पोखरा आएका श्रेष्ठ सङ्ग प्रेस सेन्टर कास्कीले उहाँ बसैकै होटल बाराहीमा ११ बजे राखिएको भेटघाट कार्यक्रममा पत्रकार निर्धारित समय भन्दा २० मिनेट ढिलो गरी पुगेका थुप्रै पत्रकार सुरु हो कि अन्त्य हो भन्दै अलमल पर्दै गर्दा सकिएको थाहा पाउदा सर्प्राईज भएका थिय।

केही दिन अघिमात्र निर्धारित समयमा नेपाल कम्युनिष्ट पार्टी बैठक सुरु नभएको भन्दै नेकपा सचिवालयको बैठक बहिष्कार गारि निस्केका श्रेष्ठले पोखरामा पनि ११ बजे नै केहि सिमित उपस्थित थोरै पत्रकारहरु सङ्ग भेटघाट कार्यक्रम गरेका थिय।

कार्यक्रममा बोल्दै प्रवक्ताले स्थायी समितिमा चलेको बैठकमा जस्तो बाहिर आएको हल्ला सत्य नभएको बताएका छन। पार्टी सङ्गठन एकता भएको सात महिना पुग्दा समेत तल्लो तह सम्म एकिकरण गर्न नसकिएको भन्दै सबैले आत्मालोचना गर्नु पर्ने बताए। “सचिवालयको बैठकमा मन्त्री फेर्ने एजेण्डामा बाहिर आए जस्तो हल्ला सत्य छैन यो सरकारलाई कसरी सफल सरकार बनाउने भन्ने बिषयमा चाही छलफल भएको छ। मन्त्री फेर्ने कुरा प्रधानमन्त्रीले अहिले सम्म बैठकमा गर्नु भएको छैन। सरकारलाई सफल बनाउदै सम्रिद राष्ट कसरी बनाउने भन्ने बिषयमा नै अहिले जोड भएकोले पार्टीको तल्लो तह सम्म्म पुग्न र छलफल गर्न नेता गणहरु नपुगेकोले समस्या भएको छ ” उहाँले बताए।

मन्त्रीहरुले दोहोरो सुबुधा लिएको बिषयमा प्रबेश गर्दै प्रवक्ताले यो कुरा गलत भएको बताएका छन उहाले सरकारको रक्षा गर्दै मन्त्रीहरुले यस्ता सुबिधा नलिएको बताए ।त्यसै गरी हरेक समय महत्वपुर्ण हुने भन्दै आफु समयको एक दम ख्याल गर्ने बताउदै नेपाली टाइम हो भन्दै बस्ने बानी सुधार्नु पर्ने समेत बताएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार