logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बुटवलमा क्रान्तिकारीको बिशाल प्रदर्सन


  • राजनीति
  • बिहिबार, पुष १२ २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी समन्वय समितिले १२६ औं माओ दिवसको अवसर पारेर विशाल विद्यार्थी सभा सम्पन्न गरेको छ ।
बुटवलको राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्मको -याली ट्राफिकचोकमा आएर सभामा परिणत भएको थियो । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरुबाट विद्यार्थीहरु उपस्थित रहेको सो सभामा निर्मला पन्तको हत्यारालाई कारबाही गर्न समेत माग गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य भेषराज भुसालले चिन लाइ माओले जापानी साम्राज्यवाद बाट मुक्त गरेको स्मरण गर्दै युवा बिद्यार्थीले माओको सोच र शैलीलाइ हृदयगम गर्नु पर्ने धारणा राखेका छन ।


दुई हजारको संख्यामा विद्यार्थीहरु उपस्थित उक्त कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत रहेको क्षितिज परिवारले विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो । कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी)का नेता तथा लुम्बिनी समन्वय समितिका संयोजक विरेन्द्र विकले गरेका थिए भने संचालन रमेश गैरे र स्वागत रुपा बुढाले गरेकी थिइन । लुम्बिनीको जिम्मेवारी बिरेन्द्र बिकले पाए सगै क्रान्तिकारीको गतिविधिले तिब्रता पाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार