राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालीकोटको पलाँता गाउँपालिका १ खाडामा अग्नी पीडितलाई राहत वितरण गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले अग्निपीडितहरूलाई ५० हजार नगद र ५० हजारको जिन्सी सामान राहत वितरण गरेको हो ।
महासचिव विप्लवले बिज्ञप्ती मार्फत दिएको निर्देशन अनुसार राहत वितरण गर्नुका साथै पुनर्निर्माणमा पनि सघाउने नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कालीकोटले जनाएको छ ।
पीडितहरूको पहिचान गरी ‘क’ श्रेणीको क्षति पुगेका परिवारलाई दुई हजार रुपैयाँ नगद र तीनवटा थाली, ‘ख’ श्रेणीका पीडितलाई एक हजार रुपैयाँ नगद र दुईवटा थाली र ‘ग’ श्रेणीका पीडितलाई ५ सय रुपैयाँ नगद र एकएकवटा थाली राहतस्वरूप प्रदान गरिएको जानकारी जिल्ला सेक्रेटरीले दिए ।
पुनर्निर्माण जिम्मा लिने
कालिकोटमा आगलागीबाट क्षति भएका घरहरूको पुनर्निर्माणको जिम्मा आफ्नो पार्टीले लिने नेकपा कालिकोटले जनाएको छ । घर पुनर्निर्माणमा सघाउने राहतसँगै पुनर्निर्माणको जिम्मा लिने समेत जनाएको छ । अबको केही दिनमा नै पुनर्निर्माणको काम थालनी हुने समेत बताएको छ ।