राजनीति
कम्युनिस्ट विद्यार्थी अभियान अन्तरगत अखिल (क्रान्तिकारी) जिल्ला समिती, कास्कीको प्रथम RSV भेला सम्पन्न भएको छ ।
संगठनको जिल्ला उपाध्यक्ष आस्था नेपालीको अध्यक्षता मा नेकपा कास्की जिल्ला सेक्रेटरी आक्रोशको प्रमुख आतिथ्यमा, अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालयसदस्य तथा गण्डक ब्यूरो संयोजक मिलन राई र केन्द्रिय सदस्य काजी गुरुङको उपस्थितिमा RSV भेला सम्पन्न भएको हो।
भेलालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी आक्रोशले विद्यार्थी भित्रको युवाहरु अबको क्रान्तिमा होमिन आवश्यक रहेको बताएका छन् । क्रान्ति पूरा गर्ने जिम्मा युवा विद्यार्थीको काधमा आएको उल्लेख गरेका छन।
उक्त भेलालाइ शुभकामना दिदै विद्यार्थी भित्रको युवा बलियो भए क्रान्ति छिटै सफल हुने दावी अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा गण्डक ब्यूरो संयोजक मिलन राइले गरे ।
प्रथम भेला बाट अखिल (क्रान्तिकारी) कास्की जिल्ला उपाध्यक्ष आस्था नेपालीको नेतृत्वमा ११ सदस्य कमिटी गठन गरेको छ । र समाज भित्रका बिकृती विसङगतीका विरुद्ध सदैव लड्ने र दलाल फटाह, कमिसन खोरहरुलाइ कारवाही गर्ने प्रतिबद्धता नव निर्वाचित प्रमुख महिला नेतृ आस्थाले गरेकी छन् र कार्यक्रम संचालक दिपेन्द्र जङ शाहिले गरेका थिए ।