logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

यी कार्यालय प्रमुख ! जसले कार्यालय भित्र नै कुखुरा पालन गर्छन


  • राजनीति
  • सोमबार, पुष १६ २०७५

रामेछाप– मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् ।
कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् आजको नयाँ पत्रिका दैनिक लेख्छ ।

कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् ।

यो पनि पढ्नुस:

आमा समूहको भवन निर्माणका लागि रु २५ लाख बराबरको जग्गादान

दमौली – तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसी निवासी यशोदा भट्ट क्षेत्रीले आमा समूहको भवन निर्माणका लागि रु २५ लाख बराबरको जग्गादान गर्नुभएको छ ।

गल्वुबेँसी सिर्जनशील आमा समूहको भवन निर्माणका लागि क्षेत्रीले तीन आना घडेरी दान गर्नुभएको हो । उहाँ सोही आमा समूहको अध्यक्षसमेत हुनुहुन्छ । क्षेत्रीले आफ्ना दिवङ्गत पति बालकृष्ण भट्ट क्षेत्रीको स्मृतिमा घर नजिकैको जग्गा आमा समूहको नाममा मालपोत कार्यालय तनहुँबाट रजिष्ट्रेशन पास गरिदिएको आमा समूहका सचिव गीता बाँस्तोलाले जानकारी दिनुभयो ।

आमा समूहको भवन नहुँदा बैठक बस्नका लागि कसैको घर वा चौर चहार्दै हिँड्नुपरेको अवस्थाको अन्त्य गर्न आफूले जग्गादान दिएको क्षेत्रीले बताउनुभयो । आमा समूहको नाममा जग्गा प्राप्त भएपछि अब भवन निर्माणको काम शुरु गरिने समूहका सचिव बाँस्तोलाले जानकारी दिनुभयो । आमा समूहले देउसीभैलो खेलेर रु तीन लाख सङ्कलन गरेको छ । भवन निर्माणका लागि अपुग रकम स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समेत माग गरिने र स्थानीयवासीबाट समेत दान सङ्कलन गरिने उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार