logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

वाइडवडीका भ्रष्टाचारीलाइ कार्वाही गर्न विप्लवलाइ माग गर्दै जनमुक्ति सेनाका कमान्डर


  • राजनीति
  • बिहिबार, पुष १९ २०७५

माओवादी जनमुक्ति सेनाका एक पुर्व कमाण्डरले पर्यटन मन्त्री रविन्द्र अधिकारी कारवाहीको माग गरेका छन् । बहिर्गमित जनमुक्ति सेनाका मसहासचिव समेत रहेका राजन थापा ‘सुवाष’ले मन्त्री अधिकारीलाई कालोमोसो र जुत्ताका माला लगाएर जनताबीच घुमाई जनकारवाही गर्नेपर्ने धारणा राखेकाछन ।

सुवाषले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तयार गरेको जनअदालतमा मन्त्री अधिकारीसहित वाइडबडी प्रकारणका दोषीलाई उभ्याउनु पर्ने बताएका छन् । “यस्ता भ्रष्ट दलाललाई कालोमोसो दलेर जुत्ताको माला लगाएर जनताको बीचमा घुमाएर जनकारवाहीको लागि विप्लवको अदालतमा उभ्याउनु पर्छ” धारणा व्यक्त गरेकाछन । आफूहरुमाथि लगाइएको अयोग्यको बिल्ला हटाउनु पर्ने र आफूहरुले गणतन्त्र ल्याउन खेलेको भूमिकाको अपमान गरेको भन्दै संघर्षमा रहेका सुवाषले मन्त्री अधिकारीजस्ता भ्रष्टाचारीलाई अयोग्य घोषणा गर्नुपर्ने बताउँछन् । उनले पूर्वमन्त्री जितेन्द्र देव र जीवनबहादुर शाहीलाई पनि जनकार्वाही गर्न माग समेत गरेकाछन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार