logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कार्यकक्ष मै कुटिए बनमन्त्री बस्नेत (यस्तो छ खुलासा)


  • राजनीति
  • शनिबार, पुष २१ २०७५

dGqL a:g]t;Fu cGtjf{tf{ jg tyf jftfj/0fdGqL zlQmaxfb'/ a:g]t laxLaf/ dGqfnodf /f;;sf ;dfrf/bftf;Fu s'/f ub{} . tl:a/ M eLid/fh cf]emf, /f;;

जनयुद्ध लड्दा घाईते भएको अपाङ्ग परिचय पत्रको व्यवस्था, स्वास्थ्य उपचार सुविधा जिविकोपार्जन भत्ता लगायतका माग शिविर मंसिर २६ गते देखि अनसन गरेका छ जना घाईते पूर्व लडाकु र सरकार बीच पुस नौ गते गृहमन्त्रालयमा चार बूँदे सहमति भयो । यो सहमतिको समाचार व्यापकताका साथ प्रचार भइरहेको छ ।

तर, यो सहमति भए लगतै एक पूर्व लडाकुले कार्यकक्षमै मन्त्रीमाथि हातपात गरेको समाचार भने भित्र भित्रै लुकाइएको घटना फेला पारेको छ। यसरी आफ्नै सहकर्मी पूर्व लडाकुको कुटाई खाने मन्त्री हुन शक्तिबहादुर बस्नेत हुन । वन तथा वातावरण मन्त्री बस्नेतताई जाजरकोटका आफ्नै कार्यकर्ताले सिंहदरवारस्थित मन्त्रालयको कार्यकक्षमै हातपात गरेका थिए ।

समाचार अनुसार वनमन्त्री बस्नेतको गृह जिल्ला जाजरकोटका पूर्व लडाकु आर्थिक सहयोग माग्न वन मन्त्रालयमा पुगेका थिए । त्यस बखत ती कार्यकर्ताले मन्त्रीलाई भनेका थिए । जिन्दगीका उर्वर वसन्तहरु युद्धमा लडेर विताईयो । तपाईँहरुले भने झैं क्रान्ती सफल भयो । अहिले तपाइँहरु मन्त्री हुनुभएको छ । म अहिले गम्भीर बिरामी छु । काठमाडौंमा कसैसंग आश्रय लिएर बसिरहेको छु । म संग उपचार गर्ने पैसा पनि छैन ।

क्वाटरमा बसेर घरभाडा बुझ्ने गरेको समाचार आएको छ । तपाइँहरुलाई यस्तो अवस्थामा हामीले युद्ध लडेर पु¥याएको हो । त्यसैले व्यक्तिगत रुपमै भएपनि तपाइँले सहयोग गर्नु पर्छ । यसपछि मन्त्रीले के जवाफ दिए एक्कासी ती जाजरकोटे कार्यकर्ताले मन्त्रीमाथि जाइलागे । स्रोतका अनुसार ती कार्यकर्ताले त्यसवेला मन्त्रीमाथि हात छोडेका थिए । त्यसपछि तिनलाई प्रहरीले समातेर मन्त्रीको कार्यकक्षबाट बाहिर निकालेका थिए । तर आफ्नै कार्यकर्ताको हातबाट कुटाई खाएको विषयले झन आफ्नै वेइज्जत हुने भयले होला मन्त्रीले घटना बाहिर नलैजान सचिवालयमा उर्दी जारी गरेका थिए ।

उनलाई के दवाव छ कुन्नी यस बारेमा बोल्न मानिरहेका छैनन् । जनयुद्धताका माओवादी लडाकुका कमिसार रहेका बस्नेत माओवादीका धेरै फाईदा लिने नेतामा पर्छन । श्रीमती र आफू पालैपालो मन्त्री हुने सूचीमा बस्नेतको नाम पनि दर्ज छ । उनकी छोरी हाल उनले भाषणमा भन्ने गरेको साम्राज्यवालीको नाइके अमेरीकामा उच्चशिक्षा लिईरहेकी छिन ।

स्रोत:-

http://www.nepaltalk.com/politics/33471.html?fbclid=IwAR1ZhHIW0qD_iq3Tp7g4-risftFqxTNWBru7dh5Vl88TDYAKcCsoSkFIMCo#.XC3dGIlQuV8.facebook

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार