logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

राष्ट्रपति कार्यलयमा नै अदक्ष कर्मचारी !

किन यस्ता गम्भीर गल्ती भैरहन्छ्न ?


  • राजनीति
  • शुक्रबार, पुष २० २०७५

मुलुकको राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका कारण केहि समय अगाडि नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा छ छ्वी नराम्रो सग धमिलिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोसियाका राष्ट्रपति जोको विदोदोलाई त्यहाँका सुनामी पीडितप्रति सहानुभूति तथा समवेदना सन्देश पठाउँदा उल्लेख भएको शब्दले देशकै बेइज्जत भएको हो । भण्डारीले पठाएको पत्रमा ‘समवेदना सन्देश’ नै उल्लेख छ । त्यससम्बनधमा सार्वजनिक विज्ञप्तिमा बधाई शब्द परेको थियो।

राष्ट्रपति र प्रधानमन्त्रीले कुनै पनि देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई सन्देश पठाउँदा परराष्ट्र मन्त्रालयमार्फत जान्छ । इन्डोसियाका राष्ट्रपतिलाई पठाइएको सन्देश पनि परराष्ट्र मन्त्रालयमार्फत गएको छ । तर, परराष्ट्र मन्त्रालयमा पढेका कर्मचारी र सल्लाहकार देखिएनन्प । राष्ट्रले विज्ञप्ति जारी गरेर माफी मागे पनि त्यसको क्षति परिपूरण गर्न सक्दैन । यस्तो कार्यमा संलग्न जुनसुकै कर्मचारी भए पनि दोषीका भागीदार हुन्छन् । उनीहरूमाथि सरकारले कारबाही गर्नुपर्ने हो । परराष्ट्र मन्त्रालयले सुरुमा बधाई दिइएको भन्दै वक्तव्य जारी गरेको थियो । पछि सच्याएर अर्को विज्ञप्ति निकालेको थियो । तर चौतर्फी आलोचना भएपछि साँझ तेस्रोपटक विज्ञप्ति निकालेर माफी मागिएको छ ।

केहि दिनअघि राष्ट्रपति कार्यालयले कालीकोटका अग्निपीडितलाई राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरेको सन्देश ट्विटमार्फत दिएकी थिइन् । राष्ट्रपतिले दिएको सन्देश प्रेस सल्लाहकारले निकाल्नुपर्ने हो । तर, पछि राष्ट्रपति कार्यालयको लेटरहेडमा ‘राष्ट्रपतिले ट्विटमार्फत सन्देश दिएको’ विज्ञप्ति जारी भयो । यस्ता कार्यले राष्ट्रपति कार्यालयमा किन सल्लाहकार र विज्ञ चाहियो भन्ने प्रश्न उब्जेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार