logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सपथ ग्रहण लगतै चौधरीको जेल चलान यस्तो रह्यो (तस्वीर सहित )


  • राजनीति
  • बिहिबार, पुष १९ २०७५

पश्चिम नेपालको कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीलाई सपथ लगत्तै डिल्लीबजार स्थित सदर खोर लगिएको छ । उनलाई बा १ झ ७७०६ नम्बरको गाडीमा डिल्लीबजार लगिएको हो । टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजार स्थित सदरखोरमा पुर्पक्षका लागि जेलमा रहेका चौधरीलाई राजपा नेपालको दवावमा पद तथा गोपनियताको सपथ दिलाइएको हो ।

आज सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा बिहीबार सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको गोलो लगाइदिएका थिए ।

आफ्नै थारु भाषामा सपथ लिएका चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको थियो । सपथ पछि सभामुख महराले सांसद चौधरीलाई फूलमाला लगाइदिए भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फूलमाला लगाइ दिए ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो। सो घटनामा संलग्न भएको भन्दै चौधरी विरूद्ध मुद्दा लागेको थियो। घटना पछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई विजयी हासिल गरेका थिए ।

तर उनले निर्वाचित भए पनि सपथ लिन पाएका थिएनन्। गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । त्यस पछि पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार