राजनीति
काठमाडौं- विप्लव समूहका तीन मजदुर नेता पक्राउ परेका छन।व्यापारीहरुलाई चन्दा माग्दै धम्क्याएको आरोपमा उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले थापाथलीबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हाइड्रो तथा खानी मजदुर संगठनका अध्यक्ष लोकेन्द्रराज थापा, उपाध्यक्ष विक्रम थापा र महासचिव केशवबहादुर बुढा छन् ।
यो पनि हेर्नुस
घरदैलो सेवा’ अभियानमा करीब दुई हजार स्थानीयवासीले सेवा लिए
तेमाल गाउँपालिका–७ नं वडा कार्यालयले सञ्चालन गरेको ‘घरदैलो सेवा’ अभियानमा करीब दुई हजार स्थानीयवासीले सेवा लिएका छन् ।
अभियानमा वडा कार्यालयबाट दिने सेवासुविधा स्थानीयवासीको घरदैलोमै गएर दिइएको वडाध्यक्ष ज्ञानबहादुर मोक्तानले बताउनुभयो । चारदिने अभियानको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले सोमबार कालधारमा उद्घाटन गर्नुभएको थियो ।
अभियानअन्तर्गत मङ्गलबार कुरुबास, बुधबार चापाखोरी, जरदेउ र पाण्डे गैरामा सेवा दिइएको र बिहीबार दुल्खुमा सेवा प्रदान गरी समापन गरिएको वडाध्यक्ष मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा स्थानीय जनप्रतिनिधि, शिक्षा, स्वास्थ्य, कृषि भेटेरीनरी तथा आवास पुनःनिर्माणका प्राविधिक स्थानीयवासीको घरदैलोमै गएर सेवा दिइएको थियो ।