logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

वाइडवडी प्रकरण: मन्त्री अधिकारीलाई बर्खास्त गर्ने बारे दुई अध्यक्ष वीच छलफल


  • राजनीति
  • शनिबार, पुष २१ २०७५

आफ्नै पार्टीका विभागीय मन्त्री रवीन्द्र अधिकारी घोटालामा मुछिएपछि उनलाई हटाउन पार्टीका शीर्ष नेताहरुको ओलीलाई दबाब आएको छ ।

चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन वाईडबडी विमान घोटाला छानबिन गर्न गठित संसदीय उपसमितिले सार्वजनिक गरेपछि ठूलैतहाल्का भएको हो । समितिले यसमा विभागीय मन्त्री अधिकारीसहित, पूर्व मन्त्रीद्धय जीवन बहादुर शाही र जीतेन्द्र नारायण देवलाई पनि दोषी देखाएको छ । पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहालवाला मन्त्री आध्हिकारीनै भ्रष्टाचारमा मुछिएको भन्दै हाटाअौन दबाब दिएका छन ।

ओलीलाई भेटेरै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले त तत्काल मन्त्री अधिकारीलाई हटाउन दबाब दिएका छन । मन्त्री अधिकारीलाई नहटाईए पार्टी र सरकार दुवै बदनाम हुने कारण देखाउँदै पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेर दबाब दिएका थिए ।

यस विषयमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगपनि छलफल गरेकाछन । अध्यक्षद्धयबीच मन्त्री अधिकारीलाई हटाउन वा नहटाउने भन्ने विषयमा गम्भिर कुराकानी भएको पार्टी निकट उच्च स्रोतले जनायो । पार्टीभित्रैबाट दबाब आएकोले अन्ततः ओलीले भोलि मन्त्री अधिकारीलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार