राजनीति
नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दल्ने नेकपा (क्रान्तिकारी माओवादी) का एकजना पक्राउ परेका छन्।
कंसाकारलाई शुक्रबार आफ्नै कार्यकक्षमा कालोमोसो दल्ने मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का सुरेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
सो पार्टीको युवा संगठनले महाप्रबन्धक कंशाकारलाई उनको कार्यकक्षामा नै पुगेर कालो मोसो दलेको थियो। पक्राउ परेका तामाङ क्रान्तिकारी माओवादीको युवा संगठनको सचिवालय सदस्य रहेको प्रहरीले बताएको छ।