राजनीति
काठमाडौ – पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
वाइडबडी विमान खरिदमा प्रकरणका बिषयमा आधिकारीक धारण सार्वजनिक गर्न पर्यटन मन्त्रालयमा १० बजे हुने पत्रकार सम्मेलन डाकिएको छ। मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिने तयारी गरेका छन् ।
पत्रकार सम्मेलनमा मन्त्री अधिकारीका साथै मन्त्रालयका सचिव र सम्बद्ध अधिकारीले वाइडबडी विमान खरिदमा प्रकरणका बिषयमा जानकारी गराउने तयारी गरेका छन् । पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले राजीनामा घोषणा गर्ने सम्भावना रहेको बताइएको छ । यसअघि सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले विमान प्रकरणमा मन्त्री अधिकारीलाई दोषी देखाउदै कारवाहीको सिफारिस गरेको थियो ।