logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

तत्कालीन शाहि सेना माथी जनमुक्ति सेनाको पहिलो हमला यस्तो थियो


  • अखिल बिश्वकर्मा
  • सोमबार, पुष २३ २०७५

दस वर्षे जनयुद्ध लडेको तत्कालीन माओवादीको प्रारम्भिक फौजी हमला सामन्त,जाली फटाहमा केन्द्रित थियो । जब तत्कालीन राज्य सत्ताले माओवादी माथी बल प्रयोग गर्दै गयो बिस्तारै जनपथ ,ससस्त्र बल सग माओवादीको आमने सामने हुदै गयो । छापामार युद्धकला सहित माओवादी सेनाले प्रहरीलाइ हायाकायल बनाउदै गएको थियो । जब जनयुद्ध सुरु गरेको ८ वर्ष पुग्दै थ्यो जनमुक्ति सेनाले तत्कालीन शाही सेना माथी हमाला गर्‍यो । जहाँ बाट थुप्रै संख्यामा हतियार कब्जा गर्‍यो त्यसमध्ये ८१ एमएम मोर्टार समेत प्राप्त गरेको थियो ।

जनमुक्ति सेनाकाे अाैपचारिक घाेषणासंगै माअाेबादी सेना पहिलाे पटक तत्कालीन शाही नेपाली सेनासंग अामुन्नेसामन्ने भयाे २०५८ मंसिर ८ गते दाङकाे सदरमुकाम घाेराही, स्याङ्जा सदरमुकाम पुतलीबजार र  साेलुकाे सदरमुकाम सल्लेरीमा निश्चित गरिय। पश्चिम कमान्डकाे घाेराही मध्य काे पुतलीबजार र पुर्वी कमान्ड काे सल्लेरीमा तय कार्वाही सल्लेरीमा भने दुई दिन ढिला अर्थात मंसिर १० गते सम्पन्न भयाे।
दाेश्राे चरणकाे बार्ता प्रक्रिया असफल भएपछि फाैजी हमलाबाट अाफ्नाे तागत प्रदर्शन गरेकाे माअाेबादीलाइ तत्कालीन अबस्थामा युद्धबिराम बार्ता लाई अाफ्नाे शाक्ति सुदृढ गर्ने अबसरका रुपमा प्रयाेग गर्याे। २०५८भदाैमा प्रथम राष्ट्रिय सम्मेलन गरेर फाैजी कार्यदिशाकाे मुर्तिकरण र जनमुक्ति सेनाकाे संरचना गत बिकास तथा शैन्य शक्ति काे घाेषणा गर्ने निर्णय गर्याे। उक्त निर्यण अनुसार बार्ताकाे अाैचित्य सकियकाे र बार्ताकाे भ्रमबाट सचेत रहन माअाेबादी अध्यक्ष तथा सर्बोच्च कमान्डर प्रचण्ड काे अपिलकाे २४ घन्टामा जनसेनाले नेपाली सेनाकाे अत्याधुनिक शैन्य शक्ति र प्रबिधिकाे सामना मात्रै गरेन अभुतपुर्व बिजयपनि हासिल गर्याे।
पहिलो पटक  शाही सेनासंगकाे लडाइ अनुभवबारे तत्कालीन डेपुटी कमान्ड दाङ अाक्रमणका थियो फौजी कमान्डर तथा उपरााष्टपति  नन्दकिशोर पुन ‘पासाङ’ लेख्छन् “मुलत : दुश्मन ले दमन र षड्यन्त्र का भयानक श्रृखलाहरु तयार गरेकाे अबस्थामा  तत्काल प्रतिरोध मा अगाडि बढनु भन्दा अर्को उपयुुक्त बिकल्प थिएन।त्यहि सन्दर्भमा पार्टी केन्द्र ले बार्तालाइ स्थगित गरि देशब्यापी धक्का मुलक कार्वाही काे याेजना बनायाे।
पार्टी केन्द्र काे याेजना अनुसार ३ वटा सदरमुकाम अाक्रमण गर्ने र अन्य साना ठुला फाैजी र गैरफाैजी कार्वाही गर्ने याेजना वनाइयाे।त्यहि अनुरुप पश्चिमाञ्चल ब्युरो अन्तर्गत दाङकाे सदरमुकाम अाक्रमण गरि पुरै कब्जा गर्ने सेनाकाे ब्यारेक माथि अाक्रमण गर्ने र सेनासंगकाे भिडन्त सचेत ढंगबाट सुरु गर्ने कार्यक्रम बन्याे।”
शाही सेनाकाे पराजयलाइ पुर्व शैनिक सचिव तथा सेनाका रथी बिबेक कुमार शाहाले “इन्टेलिजेन्सकाे असफलता र असावधानी” भनी टिप्पणी गरे।
दाङमा ७ जना प्रहरी मेजर सहित १४ जना शाहि नेपाली सेनाकाे मृत्यु भयाे भने जनमुक्ति सेना तर्फ ७जनाकाे।शाही सेना बिरुद्ध काे पहिलाे पहलकदमिपुर्ण हमलाबाट जनमुक्ति सेनाले सयाै अाधुनिक हतियारहरु कब्जा गर्या।पहिलाे पटक ८१ एमएम माेर्टार ५ थान, लन्चर ३, जिपिएमजी २, स्नाइपर १४ र एलएमजी ४८ थान लगायत कयाै ट्रक युद्ध सामाग्री हात पार्याे । भने स्याङ्जा सदरमुकाम पुतलीबजार मा जनसेना तर्फ बिना क्षेति कब्जा गर्न सफल रहयाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार