logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

लेखनाथ न्यौपानेको १५ बुँधाले सरकारलाइ नाङ्गै बनाइदियो


  • आश गुरुङ
  • मंगलबार, पुष २४ २०७५

चर्चित युवा नेता लेखनाथ न्यौपानेले आफै रहेको पार्टी र  नेताको बारेमा कटु आलोचना गरेका छन् । सत्तासिन दल (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका नेता न्यौपानेले १५ बुँदामा आफ्नै पार्टीका नेताको भण्डाफोर गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत १५ बुँदामा पार्टीका सांसद र नेताको खरो आलोचना गरे । उनले लेखेका १५ बुँदा यस्ता छन ।
१. हेलिकप्टर चढेर खेती अवलोकन गर्ने राष्ट्र प्रमुख
२. सार्वभौम जनप्रतिनिधि संस्थालाई मान्ने तर भ्रष्टाचार छानविनका लागि त्योभन्दा माथि अर्कै समिति बनाउने हाम्रो सरकारको काम गर्ने शैली
३. पैसा जम्मा गर्न सजिलो होस् भनेर सबै घरकै सदस्यलाई सचिवालयमा राख्ने पार्टीका नेता
४. कम्युनिस्ट पार्टीका नेता हुने, सँगै शिक्षा र स्वास्थ्य क्षेत्रका व्यापारी पनि बन्न पाइने हाम्रो नैतिकता
५. निजी संस्थालाई सम्बन्धन दिन विश्वविद्यालयलाई दवाव दिने, त्यसवापत निजी संस्थासँग पैसा खाने पार्टीका नेता
६. आफ्नै घरमा बस्ने तर सचिवालयबाट घर भाडा लिने हाम्रा सांसद
७. मन्त्री क्वार्टरमा बस्ने तर सचिवालयबाट घर भाडा लिने हाम्रा सांसद
८. चुनाब जिताउने कार्यकर्ता र जनताले तर सचिवालयमा आफ्नै छोराछोरी भाइभतिजाले भर्ने हाम्रा सांसद
९. निर्माणमार्फत देशलाई ठग्ने ठेकेदारहरू हाम्रा सांसद
१०. गैर कानूनी रूपमा आय आर्जन गर्ने मान्छेहरू जसले पार्टीका अमूक नेतालाई पैसा खुवाएर बनेका हाम्रा सांसद
११. विमान खरिदमा अर्बौ भ्रष्टाचार हुने मेरो देश
१२. दुरसञ्चारमा अर्बौको चलखेल भइरहेको मेरो देश
१३. सांसदलाई सपथ खुवाउने तर लोगो लगाएर जेल बस् भन्ने हाम्रो कानून
१४. आन्दोलन गर्ने तर शिक्षा मालिकसँग पैसा कुम्ल्याएर मुद्दा साट्ने विद्यार्थी आन्दोलन
१५. शक्ति नलगाई वा पैसा नखुवाई प्रतिस्पर्धा र पद्धतिमा सर्वसाधारणको एउटा पनि काम नहुने मेरो प्रिय देश !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार