logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

ईलाम पुगेर अनशन थालेका डा. केसीको नया माग , के हो त्यो ?


  • एल दर्लामी
  • बिहिबार, पुष २६ २०७५

चिकित्सा शिक्षा क्षेत्र सुधारका मागहरू राख्दै आन्दोलनरत डा.केसीले संसदिय उपसमितिले आफू र सरकारबिच बिगतमा भएको सम्झौता र माथेमा आयोगको प्रतिबेदन बिपरित चिकित्साशिक्षा  बिधयक पारित गरेको भन्दै  इलामबाट १६ अौ पटकको सत्याग्रह सुरु गरेका छ्न। यसपटक दन्द्कालिन मुद्दा समेत थपेका छ्न ।

चिकित्सा क्षेत्रको सुधारका लागी भन्दै पटक पटक अनशन बसेर चर्चामा आएका वरिष्ठ डाक्टर गोबिन्द केसिले  मुलुकमा भ्रष्टाचार, गैरजिम्मेवारपन, जवाफदेहीहिनता र लुटतन्त्र मौलाएको बताउदै आएकाछन ।

योग्य विद्यार्थीले आफूले इच्छा गरेको पढ्न पाउनु पर्ने तर्क गर्दै त्यसका लागि राज्य बाधक हुनु नहुने कुरा राखेकाछन । आफुहरु पहिलेदेखि यसकै लागि लडेको समेत बताए ।  राज्यले सहमति गर्ने तर आफैले गरेको सहमति कार्यान्वयन भने नगर्ने कुरा वैमानीपुर्ण भएको तर्फ सकेत गर्दै देश माफिया र दलालले चलाएकाले तर्क गर्दछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार