राजनीति
काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी फेरि विदामा बसेका छन् । उनले आफूलाई सर्बोच्चमा काम गर्न नदिइनु असंवैधानिक भएको भन्दै आपात्ती जनाएका छ्न।
उनले भने,‘‘प्रधानन्यायाधीशसँगको सम्बन्ध राम्रै हो । तर त्यो सम्बन्ध भन्दापनि यहाँ संवैधानिक प्रश्न उब्जियो । म अन्यायमा परेँ,’’ उनले भने । नेपाल बार एशोसिएसनले हालै वक्तव्य जारी गरेर जोशीलाई काम गर्न नदिनु भनेको असंवैधानिक काम भएको जनाएको थियो ।
नयाँ प्रधानन्यायाधीश राणाले गएको बुधबारदेखि नै उनलाई मुद्दाको पेशी तोक्न छोडेका थिए । उनी यसअघि प्रधानन्यायाधीशमा संसदको सुनुवाई समितिबाट अस्वीकृत भएका थिए भने पछिल्लो पटक पनि राणासँगै प्रधानन्यायाधीशका लागि न्यायपरिषद्बाट सिफारिसमा परेकोमा संवैधानिक परिषद्ले भने राणाको नाम सिफारिस गरेको थियो ।