राजनीति
काठमाण्डौ- जबराले न्यायको बाटो छाडेकाले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दिपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर बताएका छन् ।
न्यायको बाटो छोडेर कूबाटोमा लागेकाले जोशीलाई संवैधानिक इजलासबाट हटाउनुपरेको प्रधानन्यायाधीश जबराले स्पष्टीकरण दिएका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वरिष्ठ न्यायाधीश जोशीले ‘न्यायको मन्दिरमा बलिरहेको द्धिपलाई निभाउने क्रियाकलाप गरेको’ आरोप पनि लगाए ।
गत बिहिबार प्रधानन्यायाधीश जबराको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले वरिष्ठ न्यायाधीश जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय गरेको थियो ।