राजनीति
काठमाडौं – आइतवार प्रतिनिधि सभाको बैठकमा सबैको ध्यानाकर्षण गर्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले सम्बोधन गरिन् ।
प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शून्य समयमा शान्ताले संसद्को शून्य समय एक मिनेटको हुने भएपनि उनले झण्डै १० सेकेण्डमै आफ्नो सम्बोधन सकिन् ।
संसद्मा उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, माघीको अवसरमा देश विदेशमा रहेका सबैलाई शुभकामना दिन चाहन्छु, धन्यवाद ।’
थारु समुदायको महान पर्व माघीमा सार्वजनिक बिदाको माग गर्दै थारु समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरूले विगतमा धेरैपटक बोलेका थिए । तर उनको यो प्रस्तुतिले सबैलाइ चकित बनाएको छ ।