logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पर्यटनमन्त्रीलाई निलम्बन नगरे लुम्बिनीमा बहिस्कार गर्ने चेतावनी


  • आश गुरुङ
  • सोमबार, पुष ३० २०७५

मुकुकको प्रदेश ५ का सांसदले वाइडबडी खरिद प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई निलम्बन गर्नुपर्ने जोडदार माग गरेका छन् ।

हिजो प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेस सांसद फकरुद्धिन खानले मन्त्री अधिकारीलाई निलम्बन गर्न माग गरेका हुन् । मन्त्री अधिकारी लुम्बिनी विकास कोषको पदेन अध्यक्ष समेत भएका र आफू पनि लुम्बिनी क्षेत्रको सांसद भएकाले कोष जस्तो पवित्र संस्थाको अध्यक्ष वाइडबडी विमान खरिदको अनियमिततामा मुछिएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखे ।

फकरुद्धिनले भने अधिकारीले राजीनामा नगरे प्रधानमन्त्रीले हटाउनु पर्दछ । अनियमितताको प्रश्न टुंगो नलागेसम्म निलम्बन र राजीनामा नभए मन्त्री अधिकारीलाई लुम्बिनीका जनताले बहिस्कार गर्ने चेतावनी दिए । ‘अन्तिम छानबिनमा निर्दोष देखिए फेरि पदमा पुनर्वहाली पनि हुन सक्नुहुन्छ तर त्यो नहुँदासम्म लुम्बिनीवासीले उनलाई यहाँ हुने कार्यक्रममा अध्यक्षता गर्न दिदैनन्, बहिस्कार गर्छन्’–उनले भने ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार