logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

देउवाको बाइडबडी विमान प्रकरणमा संलग्नताबारे छानबिन गर : कांग्रेस नेता पाैडेल


  • राजनीति
  • सोमबार, पुष ३० २०७५

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारसँग सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहेनरहेको बारे छानबिन गर्न माग गर्नु भएको छ ।

सोमबार सिंहदरबारमा रहेकाे पार्टी संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले छानवीन समितिले त्यस सम्बन्धमा यथार्थ कुरा बाहिर ल्याउनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

सभापति देउवाले आफू त्यस प्रकरणमा संलग्न नरहेको जवाफ दिईसकेको उल्लेख गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले राज्यले छानबिन गरी त्यस सम्बन्धमा सथ्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्नु भएको हो ।

वरिष्ठ नेता पौडेलले सरकार विकास नभई विनासको बाटोमा अघि बढिरहेको दावी गर्दै आफ्नो पार्टीलाई याे सैह्य नहुने चेतावनी पनि दिनुभयो । देशको शान्ति सुरक्षा, सुशासन र विकास तीनवटै काममा सरकार पूर्णत असफल भएको वरिष्ठ नेता पौडेलको दाबी छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार