logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

विप्लवका युवाको नाराले मान्मा बजार थर्कामान


  • न्युज डेस्क
  • शुक्रबार, माघ ४ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट यूवा संङ्गठन नेपाल कालिकोटले जिल्लाको सदरमुकाम मान्ममा प्रर्शन गरको छ । रातो झण्डा, र टाउकोमा रातो कफन बाधेका युवाहरुले सदरमुकाममा चर्को नाराबाजी लगाउदै सामाजिक असुरक्षा, भ्रष्टाचार, चर्को कर असुली तथा बेरोजगारका विरुद्ध युवाहरुको विरोध प्रदर्शन पछि प्रतिमाचोकमा कोणसभा गरि बिरोध जनाएका हुन ।

बिरोध सभामा बोल्दै यूवा संगठन नेपालका केन्द्रिय सदस्य तथा यूरो ईन्चार्ज सितल बिष्टले लामो समय पछिको संघर्षबाट नेपाली जनताले ल्याएको परिवर्तन बिचैमा तुहाएको भन्दै निश्चित मान्छेहरुको बलमा देश भष्टचारको दलदलमा फसेको बताउनु भयो । आयोजित कार्यक्रममा सम्बोधन गर्दै यूवा संघठन नेपालका केन्द्रिय सदस्य तथा यूरो ईन्चार्ज बिष्टले देशमा नेताहरुको जिवनमा मात्रै परिवर्तन आएको र गरिब निमुखा जनातको जिवनमा परिवर्तन नआएको र अब आफ्नो पार्टीले नयाँ जनबादी ब्याबस्था ल्याएर जनताको शुब्याबस्था कार्यम गर्ने जिक्कीर गर्ने भयो । यूवा संगठन नेपाल कालिकोटका अध्यक्ष सन्देश बिसिको अध्यक्षतामा सम्पन कार्यक्रमा नेकपाका नेता तथा कार्यक्रताको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार