logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

दलालहरुको केन्द्रमा हमला गर्नु नै एकीकृत जनक्रान्तिको फौजी मोडेल हो : नरबहादुर कार्की


  • आश तमु
  • शनिबार, माघ ५ २०७५

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका युवा तथा बुद्धिजिवी नेता नरबहादुर कार्कीले नेपाली जनताले विगत जनयुद्ध र जनआन्दोलन भोगेको भएतापनि साचो अर्थमा क्रान्ति नभोगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन, नेपाल जाजरकोटको तेश्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै  कार्कीले यस्तो धारणा राखेकाहुन् ।

उनले अब गर्ने एकीकृत जनक्रान्तिको मोडेल भनेको विगत जनयुद्ध र जनआन्दोलन जस्तो नहुने बताउदै एकीकृत जनक्रान्ति विगत जनयुद्ध जस्तो हुन्छ कि ? फेरी गाउँ–गाउँमा आएर रोटी मागेर खाने हुन कि ? लडाईका मोर्चाहरुमा धेरैले ज्यान गुमाउनु पर्ने अबस्था आउनेहो कि ? भन्ने सोचबाट सबै टाढा मुक्त हुन आग्रह समेत गरेकाछन । दलालहरुको केन्द्रमा हमला गर्ने नै एकीकृत जनक्रान्तिको फौजी मोडेल रहेको धारणा व्यक्त गरेकाछन । उनले थपे हामीले गाउँ र शहर, हिमाल, पहाड, तराई, पुर्वदेखि पश्चिमसम्म एक साथ गरिने बिद्रोहका रुपमा उठाउन खोजी रहेका छौं ।’

दुई तिहाई बहुमत सहितको अहिलेको केपी ओली नेतृत्वको सरकार कम्युनिष्ट सरकार नभएर नेपाली कांग्रेसको भाग दुई भएको तर्क राखेकाछन ।

यो पनि पढ्नुहोस :

को हुन आज नेकपा मा प्रवेश गरेका चर्चित युवा अभियन्ता

युवा संगठनको भेलालाइ सम्बोधन गर्दै युवा संगठनका केन्द्रिय अध्यक्ष पाटनले, युवाहरुले गाउँ–गाउँमा भईरहेको अनिमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्नु र भ्रष्टहरुको अखडालाइ निसाना बनाउनु पर्ने धारणा राखेकाछन । पाटनले अहिलेको शासन, ब्यबस्थाबाट जनताले मुक्ति नपाएको ठहर गर्दै आफ्नो संगठनको मातृ पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडी सारेको बताए ।

कार्यक्रममा नेकपाका जिल्ला सचिव केबी मल्लले जनयुद्धमा जाजरकोट जिल्लाका झण्डै साढी ४ सय जनाले बीरतापूर्ण बलीदान गरेको स्मरण गर्दै जनयुद्धबाट शान्ति प्रक्रियामा आईसकेपछि हजारौ नेता, लाखौं कार्यकर्ताहरुले देखेको अधुरो सपना पुरा हुन नसकेको बताए । ठुलो सपना देखेका देशभरीका कार्यकर्ताहरुले बहुमत सरकारको नेतृत्व गर्ने गरि प्रचण्डलाई सत्ता पुर्याएको भएतापनि प्रचण्डले कार्यकर्ताको सपना पुरा गर्न नसकेको सेक्रेटरी मल्लले आरोप लगाए ।

शुक्रबार उद्द्घाटन भएको युवाको जिल्ला सम्मेलन शनिबार बन्द सत्र चल्ने बताइएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार