logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

सिंहदरवार भित्र रहेका दलाल छोटेहरुको बनिवास जाने दिन आउदैछ : पुर्ण बहादुर सिंह

एकीकृत जनक्रान्ती धोका नखाने र धोका नदिने आन्दोलन हो


  • आश तमु
  • शनिबार, माघ ५ २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा गुल्मी जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंहले दलाल संसदिय ब्यवस्थाको समुल अन्त्य नभए सम्म नेपाली जनता सुखी र समृद्ध बन्ने नसक्ने तर्क गरेकाछन । लुम्बिनी ब्यूरो अंतरगत गुल्मी अर्घाखाँचीले नेकपाको अभियान-२ लाइ सम्बोधन गर्दै उक्त धारणा राखेकाहुन ।

दलालपुजिवादी सत्ताले जनताको रगत पसिनामा सिमित दलाल नेताहरुको जिवनशैली फेरिदिने बाहेक अर्को केहि हुन नसकेको भन्दै यो ब्यवस्था बाट जनताले आसा मारिसकेको धारणा राखेका छन  ।

उनले हाल सम्म नेपाली जनताका जनसंघर्षमा दलालहरु छद्मम भेषमा आन्दोलनमा छिरेर आन्दोलनलाइ नै बेचेर खाएको भनाइ राखेकाछन । सिंहले एकीकृत जनक्रान्ती भनेको धोका नखाने र धोका नदिने अभियान भएको भन्दै बिश्वमा असफल सिद्ध भएको संसदिय ब्यवस्थाको आयु छोटिसकेको र सिंहदरवारमा रहेका दलाल राजाहरुको बनिवास जाने दिन आएको तिर संकेत गरेकाछन । एक प्रसगमा सामन्ती राजा जङ्गल पसे तर नंया छोटेराजाहरु सिंहदरवारमा रहेको भन्दै अन्तिम पटक लडाइँमा सहभागी हुन आव्हान गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार