सर्वाधिक चासोका रुपमा रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द ‘विरजंग’को घरमा जिल्ला अदालतले पुर्जी टासेको छ । १५ दिनभित्रमा उपस्थित हुन भन्दै आज म्याद टाँसेको छ । विप्लव र विरजंग नाताले सहोदर दाजुभाई हुन्, ।
निर्वाचन खारेज अभियानताका भएका विभिन्न गतिविधिहरुसँग जोड्दै विप्लवको घर कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ९, शिवगढीस्थित उनको घरमा म्याद पूर्जी टासँेको हो । आगजानी अन्तर्गत मुद्दा रहेको भन्दै विप्लव र विरजंग दुवैलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन आग्रहसहित जिल्ला अदालत रुपन्देहीका कर्मचारीले पूर्जी टासेका हुन् । । ७० दिनसम्ममा अदालतमा उपस्थित नभएमा उनीहरुको नाममा रहेको सम्पत्ति समेत जफत हुने गरी अदालतको पक्राउ पूर्जी आज साझ विप्लवको घरमा टासिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विगतमा पनि उनको घरमा यस्तै प्रकृतीको प्रक्राउ पुर्जी टास्ने गरिएको थियो । विप्लव पछिल्लो समय ठुला सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।