नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्युराे सदस्य अाेम प्रकाश पुनले नेपालमा काङ्गेस, एमाले र पछिल्लो चरणमा माओवादीको एउटा हिस्सा प्रचण्ड–बाबुरामले क्रान्तिमा धोका दिएकाले एकीकृत जनक्रान्तिको झण्डा उठाएको बताएका छन्।
उनले भने ‘हामी युद्ध हैन शान्ति र क्रान्ति चाहन्छौँ तर दलाल सत्ताले देशमा जबर्जस्त युद्ध लाद्न खाेजेकाे छ हामी दलाल सत्ताले लाद्न खोजेको गृहयुद्धको सशक्त प्रतिकार गर्छौ र अन्यायपूर्ण युद्धको अन्त्य क्रान्तिकारी युद्धमार्फत गर्न चाहन्छौँ । नेपालमा दलाल संसदीय पुँजीवादी व्यवस्था पूर्णरुपले असफल भैसकेकोले अब बिकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य र अपरिहार्य भैसकेको छ ।’
सभालाइ ईलामका जनसरकार प्रमुख छिरिङ,
सामना परिवारका संयोजक सरल माझी, पूर्वी कमान्ड कार्यालय सदस्य याम लिम्बू, जनकपुर र सगरमाथा ब्युरोबाट सहभागी अभियन्ता जनक, वरिष्ट मिश्र र पविनलगायत मेची ब्युरोका अभियान कर्मीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा पुराना वामपन्थी नरबहादुर सिवा नेकपामा प्रवेश गरेका छन्।
कार्यक्रमको ईलाम जिल्ला पार्टीका इन्चार्ज सर्व श्रेष्ठको अध्यक्षता, सामना परिवारका सह–संयोजक आरोह नेपालीको सञ्चालनमा सम्पन्न भएकाे छ।