logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

निलम्बित हुँदै सांसद रेशम चाैधरी र हरिनारायण राैनियार


  • पत्रपत्रिका
  • सोमबार, माघ ७ २०७५

चर्चित टिकापुर घटनाका याेजनाकार ठानियका बिबादित राजपाका नेता तथा सांसद रेशम चाैधरी र भ्रष्टाचार अभियाेग लागेका सांसद हरिनारायण राैनियार निलम्बित हुने भएका छन्।

दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन् ।

कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको शपथ गराएका थिए । सभामुखको कार्यकक्षमा शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो । 

स्रोतका अनुसार सभामुख महरालाई जेलमै गएर सपथ गराउन सरकारको तर्फबाट आग्रह भए पनि उनले त्यहाँ नजाने अडान राखेका थिए ।
आजकाे नागरिक दैनिक मा छापिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार