logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रहरीमा डिआइजी एसएसपी एपसी गरी ४३ सिट खाली,बढुवाका लागि नेताकोमा धाउन सुरु


  • राजनीति
  • सोमबार, माघ ७ २०७५

पोखरा- मन्त्रिपरिषदको हालैको बैठकले लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएकोमा ऐन संशोधन गरेपछि बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ ।

प्रहारी प्रधान कार्यालयमा गृह मन्त्रालष्ले कानुनी अड्चन फुकेको पत्र पठाएपछि प्रधान कार्यालयले बढुवाको फाइल तयार पार्ने क्रमलाई तिव्रता दिएसँगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनुभन्दा पनि नेताकोमा धाउन सुरु गरेका छन् ।

अहिले नेपाल प्रहरीमा डिआइजी १, एसएसपी १६, एपसी २६ सिट खाली रहेको छ । ती सिटका लागि दौठधुप चर्को रुपमा अघि बढेको हो । यो समाचार आजको नेपाल समाचार पत्रबाट लिएको हो ।

मेलम्ची खानेपानी आयोजना :  ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु

मेलम्ची खानेपानी आयोजनाको सरकारले ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको छ ।

मन्त्रिपरिषदमा आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि प्रस्ताव लगिने भएको छ । मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउने मन्त्रिपरिषदबाट निर्यण गर्न लागिएको हो ।

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले मेलम्चीको ठेक्का रद्द भए बाँकी काम मन्त्रिपरिषदबाट स्वीकृत गराई नयाँ ढंगबाट अघि बढाउने दाबी गरे । यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार