राजनीति
काठमाडौं – भाइरल ज्वरोका कारण नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन्। उनी निवासमै चिकित्सकको सल्लाहबमोजिम आराम गरिरहेका छन्। उनको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन्। चिकित्सकले उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुनसमेत आग्रह गरेको बताइएको छ।
सत्तारुढ दल नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको परिवार नै बिरामी भएका छन् । प्रचण्डपत्नी सीता दाहाल सुमेरु अस्पतालको आइसीयू कक्षमा भर्ना भएकी छिन् । बुहारी खानेपानीमन्त्री विना मगर पनि सुमेरु अस्पतालमै भर्ना भएकी छिन् । प्रचण्डलाई भने चिकित्सकहरुले घरैमा उपचार गरिरहेका छन् ।
दाहलको परिवारलाइ नै भाइरल ज्वरोको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् । भाइरलको ज्वरोका कारण प्रचण्डका नाति र नातिनीलाई पनि अस्पताल पुर्याइएकोमा सोमबार डिस्चार्ज गरेर खुमलटार लगिएको स्रोतले जानकारी दिएको छ ।
चिचित्सकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘भाइरलको संक्रमणले सबैजनालाई थला पारेको छ । तर, सीता म्याडमको अरु पनि रोग भएकाले उहाँलाई आइसीयुमा भर्ना गरिएको छ । अध्यक्ष प्रचण्ड र बुहारी विना मगरको अवस्था भने सामान्य नै छ ।