logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कांग्रेस नेताहरूबीच कुटाकुट, दाहाललाई अस्पताल भर्ना


  • राजनीति
  • बुधबार, माघ ९ २०७५

ओखलढुंगा- कांग्रेस भातृसंगठन नेविसंघका ओखलढुंगा अधिवेशनमा कांग्रेस नेताहरूबीच कुटाकुट भएको छ । नेताहरू नै मारामारमा उत्रिएपछि अभिवशन स्थगित भएको छ ।

कार्यक्रमस्थलमै कुटाई खाएपछि कांग्रेस नेता बालकृष्ण दाहाललाई अस्पताल भर्ना गरिएको छ । नेता लीलाबल्लभ दाहालका अनुसार दाहालको टाउकोमा चोट लागेको छ ।सोमबार विहान ११ बजे नेविसंघको १२औँ जिल्ला अधिवेशन उद्घाटन हुनैलाग्दा शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तर्घात गर्ने नेतालाई कार्यक्रममा आसन ग्रहण नगराउने अडान लिएपछि विवाद बढेको थियो ।

विवाद चलिरहँदा नेविसंघ जिल्ला अध्यक्ष प्रदीप बानियाँले कार्यक्रम सुरु गर्न निर्देशन दिएपनि रामचन्द्र पौडेल पक्षले नाराबाजी गरेका थिए ।केन्द्रीय प्रतिनिधिलाई समेत बाहिर राखेर अधिवेशन गर्न लागिएको भन्दै पौडेल पक्षले विरोध गरेपछि विवाद बढेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार