राजनीति
पोखरा- नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य तथा ४ नं। प्रदेश (गण्डकी प्रदेश)का सचिव श्रीनाथ अधिकारी ( श्याम) चितवनको भरतपुर क्यान्सर अस्पताल भर्ना भएका छन् ।
पारिवारिक श्रोतले क्यान्सर रोगबाट पीडित भएका उनी केही दिन अगाडी देखि नै उपचारका लागि क्यान्सर अस्पताल भर्ना भएको बताएको छ ।घाँटीमा अचानक समस्या देखिएपछि पोखराको एक अस्पतालमा चेकजाँच गर्न पुगेका नेता अधिकारीलाई क्यान्सरको शंका गरी पोखराले १९ पौषमा थप उपचारको लागि भरतपुर क्यान्सर अस्पताल रेफर गरेको थियो ।
त्यस्तै , ‘श्रीनाथ अधिकारी स्वास्थ्य उपचार सहयोग समिति’ उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले गठन गरेको छ ।पार्टी पीविएम दिनेश शर्माको नेतृत्वमा मंगलबार पार्टी स्थायी समिति बैठकले श्रीनाथ अधिकारी स्वास्थ्य उपचार सहयोग समिति गठन गरेको हो ।
यो समितिले नेता अधिकारीको उपचारको लागि आर्थिक सहयोग जुटाउने क्रान्तिकारी माओवादीले बताए ।नेता अधिकारी कम्युनिस्ट आन्दोलनमा एक इमान्दार, निष्ठावान र आदर्शवान नेतृत्वको रुपमा स्थापित हुनुहुन्छ । उनि गोरखाको कम्युनिस्ट आन्दोलनको संस्थापक नेता समेत हुन् ।