logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लव बिद्धान बुद्धिजीवीकै सेल्टरमा छन , उनको संगठनले ब्यापकता पाइसक्यो : प्रा. पि खरेल


  • अखिल बिश्वकर्मा
  • शुक्रबार, माघ ११ २०७५

प्राध्यापक पि खरेलले नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ असली माओवाद मान्ने नेता भएको वताएका छन । खासमा उनी जनताका खास नेता भएको भन्दै उनलाइ बाहिर राखेर एमालेकरण हुनु माओवादीको असफलता रहेको बताएका छन।

पुर्व माओवादी भन्नु भन्दा त्यसलाई प्रचण्ड गुट भन्ने उचित भन्दै उनी यसरी अगाडि यसरी अगाडी भन्छन।

नेपाल कम्युनिष्ट पार्टीका दुइटा गुट छन्, त्यसमा कसैको दुईमत छैन । एउटा प्रचण्ड गुट र अर्काे ओली गुट । प्रचण्ड गुटले जे–जे वाचा गरेर माओवादी सशस्त्र आन्दोलन गर्या थियो, त्यो जम्मै त्यागिसक्यो । अहिले उसमा र ०४७ सालको संविधानअन्तर्गत चलेको एमालेमा केही फरक छैन । उसमा र नेपाली कांग्रेसमा पनि खास भिन्नता देखिंदैन । यिनीहरु जम्मै अवसरवादी साबित भइसके । त्यसबेला क्रान्ति सुरु गर्दाखेरि उठाएको मुद्दा त अहिले फेल खायो । त्यतिखेर त्यो मुद्दालाई समर्थन दिने नेपालीहरुको समर्थन भावले ‘स्पेस’ दिन्छ र त्यो ‘स्पेस’ नेत्रविक्रम चन्दमा जान्छ । त्यो त बाँकी नै छ । माओवादीहरुका सुरु–सुरु दिनका गतिविधिभन्दा विप्लवका गतिविधिहरु तीव्ररुपमा भैरा’छन् । नेत्रविक्रम चन्दले सामना चाहीं धेरै गर्नुपर्छ किनभने पहिले भारतको खुला समर्थन थियो । अहिले उनीहरुले भारतको समर्थन त्यस्तो पा’को छैन । नपाउँदा नपाउँदै पूर्वाधार यस्तो बनाएको देखिन्छ कि उनीहरुलाई वारेन्ट पुर्जी दिएको दियै छ, उनीहरुकै पूर्व सहकर्मी गृहमन्त्री छन् अहिले र उनी काठमाडौं उपत्यकामा हिंड्याहिंड्यै छन् । दिनदिनै मान्छे भेटिरा’छन् । उनको बासस्थान भेटाउन नसक्नुको मतलब उनीहरुको ‘नेटवर्क’मा व्यापकता आइसक्यो । मैले सुनेअनुसार यहाँका बुद्धिजीवीहरुले उनीहरुलाई सेल्टर दिइरा’छन् । बुद्धिजीवीहरुको भनाइ के छ रे भने हिंसा चाहीं हामी मान्दैनौं अरु बाँकी कुरामा हाम्रो समर्थन छ । त्यतिखेर माओवादीहरुले पाएको समर्थनभन्दा अहिले विप्लवलाई बढी किन हुन गयो भने अहिले जुन जोगी आए पनि कानै चिरेको भन्या जस्तो कांग्रेस, एमालेको पनि स्थिति देखियो । पहिला त माओवादी मात्रै फटाहा भन्ठान्थे । अहिले त एमाले पनि फटाहा निस्क्यो नेपाली कांग्रेस पनि फटाहा निस्क्यो भन्ने भयो । पहिला कांग्रेसलाई, राप्रपालाई एमालेलाई वा प्रचण्डलाई समर्थन गर्नेहरु अहिले त नेत्रविक्रममा गए । पहिला त माओवादीसँग माओवादीहरु मात्र थिए, अहिले यो फरक छ । अहिले त जनमानसबाटै आउने लक्षण देखियो । विगत ८–१० महिनामा जुन रुपले उनीहरुको गतिविधि बढ्या छ, त्यसले उनीहरुले सशक्त भूमिका खेल्ने देखिन्छ । र यसको पुष्टि सरकारबाटै छ । किन ? सरकार बन्ने बित्तिकै मन्त्रीहरु र विशेषतः ओली आफैले ‘अस्थिरता ल्याउने तत्वहरु’ भनेर गाली गरिरहेका छन् । त्यो अस्थिरता ल्याउने तत्व भन्या चाहीं राप्रपा, चित्रबहादुर केसी, बिजुक्छे, नेपाली कांग्रेसलाई पक्कै होइन । उनले इंगित गरेको नेत्रविक्रम चन्दलाई नै होला । यसले पनि नेत्रविक्रम चन्दको ‘फोर्स’ सशक्त रुपले अगाडि बढेको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार