मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गोरखामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।
बिरुद्ध प्रतिकारात्म कार्यक्रम बनायकाे देखिएकाे छ।हिजाे मात्रै संसद भवन अगाडि प्रदर्शन का क्रममा नेता कुन्दन काफ्ले सहित ३० जनालाई प्नहरीले गिरफ्तार गरेकाे थियाे भने हिजाे राति मसाल जुलुस सम्पन्न गरेकाे थियाे। आज बिमानस्थलमा प्रधानमन्त्री लाई झन्डा देखाएकाे छ।
उता गाेरखमा पार्टी कार्यालय तीनधारेबाट नाराबाजी गर्दै नेविसंघले हरमटारीस्थित जिविस चोकमा शनिबार दिउँसो पुत्ला दहन गरेको हो।
आफैंले गरेको सम्झौताविपरीत ओली सरकारले डाक्टर गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा नगरेको, छ महिना हुँदा समेत बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पहिचान गरी कारवाहीको दायरामा ल्याउन नसकेको, वाइडवडी जहाज खरिदमा भएको भनिएको अनियमितताबारे छानविन नगरेको भन्दै नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेविसंघ गोरखाका सभापति सुवास अधिकारीले बताए।
बहुमतको आडमा सत्तारूढ दल नेकपाले प्रतिपक्षी दलको विरोध हुँदाहुँदै संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै कांग्रेस र उसको भातृ संस्थाले विरोध गर्दै आएका छ।