राजनीति
पोखरा- नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले चिकित्सा विद्येयक पारित भएसँगै चिकित्सा क्षेत्रमा गुणस्तर सुधारको अभियान शुरु भएको बताए । प्रेस संगठन नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अनशनरत डा.गोविन्द केसीले राजनीतिक विषय नजोडिकन शिक्षा विधेयकको कार्यान्वयनमा लाग्नुपर्ने बताएका छन ।
नेकपा विधि र प्रक्रियामा नहिडेको बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले बताएका छन् । नेता नेपालले पार्टी विधानमा जे व्यवस्था गरिएको छ त्यस अनुसार पार्टी चल्लन नसकेको बताए ।
नेता नेपालले पार्टीको तल्लातहसम्मको एकीकरण प्रकृयामा ढिलाई हुँदा पार्टीलाई नोक्सान पुगेको बताएका छन । उनले पुस महिनाभित्र जनबर्गिय संगठन र जिल्लातहको एकता गरिसक्ने योजना भएपनि पूरा हुन नसकेको भन्दै निश्चित मापदण्ड, विधि र प्रकृया अनुसार एकता गर्नु पर्ने बताए । उनल चिकित्सा शिक्षा विधेयक विधि, सहमति र समझदारी अनुसार नै ल्याएको बताए ।