नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको बिरुद्ध बिरोध प्रदर्शन गरेको छ । भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि धर्ना दिइएको छ । राजधानी काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले निर्वाचित सरकारलाई अपदस्थ हुनेगरी अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध प्रर्दशन गरेको हो ।
नेकपाले भेनेजुयलामाथिको हस्तक्षेप बन्द गर्न पनि अमेरिकासँग माग गरेका छन् । भेनेजुयलाको स्वाधिनतामाथि हस्तक्षेप गरेकाले अमेरिकाविरुद्ध प्रर्दशन गर्नुपरेको विप्लव नेतृत्वको पार्टीको भनाई छ । घेराउ कार्यक्रममा नेकपाका जवस मोर्चासहितका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

राजधानी काठमाडौमा आज गरिएको प्रदर्शनमा नेकपाले भेनेजुवाली जनताको विरुद्धमा अमेरिकी साम्राज्यवादले गरेको हस्तक्षेपको निन्दा गरिएको छ ।
