नेपाल कम्युनिस्ट पार्टी का पाेलिट ब्युराे सदस्य अाेम प्रकाश पुनले भ्रष्टाचार र कालोबजारीका विरुद्ध सशक्त रूपमा सङ्घर्ष गर्ने बताउँदै अबको आन्दोलनले दलाल सत्तालाई ध्वस्त पारिछाड्ने दाबी गरे ।
उनले जनतालाई यो व्यवस्थाले शान्ति, सुरक्षा, समृद्धि र रोजगारी दिन नसक्ने भन्दै त्यसको विकल्प पार्टीले अगाडि सारेको वैज्ञानिक समाजवादी सत्ता मात्र दिनसक्ने ठोकुवा गरे यसकालागी एकीकृत जनक्रान्ति अनिवार्य सर्त भएकाे बताएका छन्।
पार्टीको सल्यानले जिल्ला कमिटी ले मौलाहाल्ने बजारमा अायाेजना गरेकाे जनसभामा बाेल्दै उक्त कुरा बतायका हुन ।संगठन सुदृढ तथा बिस्तार अभियानकाे क्रकमा सल्यान पुगेका नेता पुनले अन्तिम लडाइँ का लागि तयार रहन अपिल समेत गरे । कार्यक्रममा केन्द्रीय सदस्य चिरन पुनले लगायतका नेताले सम्बोधन गरेका थिए ।