logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अमेरिकालेे माग्याेे स्पष्टीकरण, प्रचण्डकाे बिज्ञप्ति बिबादमा


  • न्युज डेस्क
  • सोमबार, माघ १४ २०७५

भेनेजुएलाकाे बिषयमा नेकपा अध्यक्ष प्रचण्ड ले निकालेकाे बिज्ञप्ति बिबादमा तानिएको छ।अर्को अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलि ले हिजाे मात्रै पार्टी मा सल्लाह नभएकाे बताएका थिए भने अमेरिकाले सरकार काे आधिकारिक र औपचारिक  धारणा मागेकाे छ।

अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका समर्थन र अमेरिकालगायत पक्षधरको विरोध गर्दै जारी गरेको भिए वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको भन्दै अमेरिकी दूतावसले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न आग्रह गरेको हो ।
सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौँ,’ अमेरिकी राजदूतावासका एक अधिकारीले भने । दाहालले शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए

यस्तो थियाे प्रचण्ड काे बिज्ञप्ति

अमेरिकाले भेनेजुयलाको सत्ता पलटका लागि केही दिनअघिदेखि गरेको हस्तक्षेपको निन्दा गर्दै निकालिएको विज्ञप्तिमा प्रचण्डले आफूलाई त्यहाँका जनताको पक्षमा उभ्याएका छन् । अमेरिकाले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु निन्दनीय भएको प्रचण्डले उल्लेख गरेका छन् ।

‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीबाट गरिएको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ’, प्रचण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘अमेरिकाले भेनेजुयलाका जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको छ । अमेरिकाले भेनेजुयलाको सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको कुरा निन्दनीय छ ।’

जनताको मतबाट प्रजातान्त्रिक विधिको सदुपयोग गर्दै निर्वाचित भएका त्यहाँका राष्ट्रपति निकोल मादुरोलाई मान्यता दिएर अघि बढ्न पनि प्रचण्डले अमेरिका र उसका सहयोगी राष्ट्रलाई आग्रह गरेका छन् । प्रचण्डले जनताबाट निर्वाचित मादुरोविरुद्ध षड्यन्त्र गरेर भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइडोको घोषणालाई अमेरिकाले मान्यता दिनु त्यहाँका जनतामाथिको गम्भीर षड्यन्त्र भनेका छन् ।

‘अमेरिकासहितका मुलुकबाट जननिर्वाचित राष्ट्रपतिविरुद्ध गम्भीर षडयन्त्र भएको देखिन्छ’ उनले भनेका छन्, ‘अमेरिकाको यो प्रयास अरु देशको मामिलामा हस्तक्षेप मात्रै नभएर ‘कू’ गर्ने एउटा प्रयास पनि हो । यसलाई कुनै पनि सार्वभौम मुलुक र हामीले पनि स्वीकार्न सकिँदैन ।’ अध्यक्ष प्रचण्डले वामपन्थीहरुले पकड बनाएपछि अमेरिकाले भेनेजुयलामा एक दशकदेखि निरन्तर राजनीतिक हस्क्षेप गरेकोमा पनि चिन्ता जनाएका छन् ।

‘अमेरिकाले भेनेजुयलामा एक दशकदेखि आर्थिक प्रतिबन्ध लगाउँदै सैनिक आक्रमणको पनि डर देखाएर हिंसा र रक्तपात मच्चाउन खोजेको छ’, उनले भनेका छन्, ‘अमेरिकाको यस्तो कार्यले संयुक्त राष्ट्रसंघको चार्टर र शान्तिपूर्ण सह–अस्तित्वको सिद्दान्तलाई पनि गम्भी चुनौती दिएको छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार