logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रहरीका डिएनए बिज्ञमाथी छानबिन गर : मानव अधिकार आयाेग


  • पत्रपत्रिका
  • सोमबार, माघ १४ २०७५

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या सम्बन्धमा मानव अधिकार आयोगले प्रहरीले असंख्या गम्भीर त्रुटि गरेको औँल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरुमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री  तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा ४ वटा सिफारिस र २४ वटा निर्देशन दिएको छ ।

अनुसन्धान क्रममा प्रहरीबाट शृंखलाबद्ध गल्ती भएको र डीएनए परीक्षणमा विज्ञहरुबाट लापरबाही गरिएको आयोगले जनाएको छ । यो समाचार कान्तिपुरमा लेखेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार