logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अनशनको नाममा डा केसीले रडाको मच्यायो- प्रवक्ता श्रेष्ठ


  • राजनीति
  • सोमबार, माघ १४ २०७५

दमौली– पार्टी एकीकरण निष्कर्षमा नपुग्दा अराजकता मौलाएको भन्दै सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

कार्यकर्ता भेटघाटमा आइतबार तनहुँ आएका प्रवक्ता श्रेष्ठले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान पाएको बताए । पार्टी संगठन नबन्दा कार्यकर्तामा निराशा आएको भन्दै उनले पार्टी सचिवालयको बैठकले एकीकरणको सम्पूर्ण प्रक्रिया पूरा गर्ने बताए ।

प्रवक्ता श्रेष्ठले कार्यदललाई एकीकरणको प्रक्रिया पूरा गर्ने जिम्मेवारी दिए पनि कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेको ठहरसहित अब सचिवालयले नै सबै काम टुंग्याउने बताए ।

चिकित्सा शिक्षा विधेयकमा डा। केसीका पहिलेका माग सबै सम्बोधन भइसकेको दाबी गर्दै प्रवक्ता श्रेष्ठले अब अनशनको नाममा रडाको मच्चाइरहनुको कुनै औचित्य नभएको टिप्पणी गरे । ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार