logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्यले ओलीमाथि किन पर्यो दबाव


  • राजनीति
  • सोमबार, माघ १४ २०७५

अमेरिकी नीतिको निन्दा गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा जारी गरेको वक्तव्यले सरकारलाई दबावमा पारेको छ । यसबारेमा सरकारको आधिकारिक धारणा माग हुन थालेपछि प्रधानमन्त्रीले वक्तव्यबारे चासो राखेको स्रोतले जनाएको छ ।

भेनेजुएलाको निर्वाचित सरकारविरुद्ध विपक्षी पार्टीका नेताले आफूलाई राष्ट्रपति घोषणा गरेको सन्दर्भमा अमेरिकाले समर्थन गरेको भन्दै नेकपाको तर्फबाट प्रचण्डले जारी गरेको वक्तव्यमा आलोचना गरिएको छ । अमेरिका र उसका गठबन्धन मुलुकको नीतिप्रति कटाक्ष गरेको नेकपाको वक्तव्यले सरकारलाई दबाब परेको छ ।

सरकारका उच्च अधिकारीले सत्तारुढ पार्टीको अध्यक्षको विज्ञप्तिलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले पनि कुटनीतिक च्यानलबाट असन्तुष्टि व्यक्त गरेको बताए ।

भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मडूरोको समर्थन गरिएको नेकपाको विज्ञप्तिमा छ । मडूरो अमेरिका बिरोधी दक्षिणी अमेरिकी बामपन्थी नेता स्वर्गीय हृयुगो चाभेजका उत्तराधिकारी हुन् ।

प्रचण्डको वक्तव्यका बारेमा शनिवार प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई त्रिभुवन विमानस्थलमै पत्रकारले प्रश्न गरेका थिए । तर, ओलीले कुनै जवाफ नदिई ‘भट्टराई लडेर घाइते’ भन्ने किस्सा सुनाएर तर्किएका थिए ।

ओलीले यसबारेमा पहिले प्रचण्डसँगै बुझ्ने सम्भावना छ । तर प्रचण्ड बिरामीका कारण घरैमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘प्रचण्डको वक्तव्य अलि कडै आएको छ । अमेरिकाको नाम नलिई भेनेजुएलाको आन्तरिक मामिला त्यहीँका जनताको बीचमा समाधान हुनुपर्छ भन्नुपथ्र्यो । अहिले हाम्रो सरकारले भन्ने पनि त्यही हो । संवैधानिक र कानुनी बाटोबाट कोही पनि विचलित हुनु हुँदैन, भेनेजुयलाका जनताको अभिमत नै सर्वेसर्वा हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार