logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अपांगता भएकामाथि पनि ओली सरकारले बर्सायो लाठी


  • राजनीति
  • सोमबार, माघ १४ २०७५

काठमाडौं – राष्ट्रिय लोकताीन्त्रक अपांग संघले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादलाई मजबुद बनाउँदै गएको भन्दै घोर विरोध जनाएको छ । त्यसैगरी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघकी केन्द्रीय कोषाध्यक्ष कल्पना खड्का गम्भीर प्रकृतिको घाइते भएकी छिन् ।

पोखरा- ओली सरकारले जनताको बोल्न पाउने, विरोध गर्न पाउने अधिकार कुण्ठित पार्दै दमन नीति अंगालेको छ । हत्या हिंसा र भ्रष्टाचारका हिमायतीले आइतबार भएको शान्तिपूर्ण विरोध कार्यक्रममा अन्धाधुन्ध लाठी प्रयोग गरी नेपाल विद्यार्थी संघ, तरुण दल र नेपाल महिला संघका दर्जनौंलाई घाइते बनाएको भन्दै संघले चर्को विरोध गरेको हो ।

यो वर्वरताप्रति संघले घोर भर्सना गर्दै गिरफ्तारमा परेका सबैलाई रिहा गर्न जोडदार माग गरेको छ । दुई तिहाइको दम्भमा दमन र निषेधको राजनीति गरे नेकपाको सरकारले महङ्गो चुनौतीको सामना गर्नुपर्ने हेक्का रहोस् भन्ने चेतावनीसमेत संघले दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार