logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

काङ्ग्रेस कति लोकतान्त्रिक : ७० वर्षमा ७ सभापति, ४ कोइराला मात्र


  • अखिल बिश्वकर्मा
  • सोमबार, माघ १४ २०७५

सन् १९४६ मा बीपी कोइरालाबाट पार्टी निर्माणका लागि गरिएको आह्वानदेखि नेपाली राष्ट्रिय कांग्रेस, नेपाल प्रजातन्त्र कांग्रेस र एकता महाधिवेशनपछि गठित नेपाली कांग्रेसदेखि संविधानसभा निर्वाचन २०७० सालसम्म आइपुग्दा नेपाली कांग्रेस विभिन्न उतारचढाव तथा बिभाजनबाट गुज्रनु पर्याे।हामी बिस्तृत इतिहास दिन नसकेपनि संक्षिप्त्त मा काेसिस गरेका छाै।
२००३ फागुन २० गते तत्कालीन कांग्रेस अगुवाकाे पहलमा मजदुर हडताल ।
२००३ चैत्र २९ मा भारतकाे जाेगवानीमा नेपाली राष्ट्रिय कांग्रेस काे प्रथम कार्यकारिणी समिति काे राष्ट्रिय भेला।
२००३ चैत्र मा नेपाली राष्ट्रिय कांग्रेसको अाह्ववानमा विभिन्न माग राख्दै पहिलाेसत्याग्रह सुरु।
२००४ श्रावण १ मा पार्टीकाे स्थापना ।
२००४ माघ २/ ४ सम्म दाेश्राे महाअधिबेशन भारतकाे कलकत्ता मा सम्पन्न ।
२००५ फागुन १८ गते बिहारमा तेस्रो महाअधिबेशन सम्पन्न ।
२००६ मागुनमा मातृका काेइराला र महेन्द्र बिक्रम शाहबिच पार्टी एकताकाे उद्वेश्यले संयुक्त बक्तब्य जारी।
२००६ चैत्र  २६ मा चाैथाे महाअधिबेशन सम्पन्न ।
बिपी र शुवर्णसमशेरकाे नेतृत्वमा रहेका नेपाली कांग्रेस र राष्ट्रिय कांग्रेस बिच पार्टी एकता।
२००६ मा कांग्रेसकाे प्रथम घाेषणा पत्र जारी ।
२००७ साल असाेज १०,११ र २६,२७ मा भारतमा बिशेष रणनैतिक सम्मेलन सम्पन्न सशस्त्र क्रान्ति गर्ने निर्णय गर्दै सुप्रिमाे मातृका काेइराला लाई घाेषणा । फिल्ड कमान्डर बिपी काेइराला र सुबर्ण समशेर राणालाई निश्चित गर्याे।
२००6 कात्तिक २४ गते क्रान्तिकाे पुर्ण तयारी सम्पन्न ।
२००७ कात्तिक २५,२६गते बिरगंज मा अाक्रमण सयाैन हतियार र लाखाै रुपैयाँ कब्जा उक्त अाक्रमणमा थिरबम मल्ल काे शाहदत्त।
२००७ कार्तिक २६ गते नै मुक्ति सेनाद्वारा बिराटनगर मा अर्को ठुलाे अाक्रमण देशभर क्रान्तिकाे सुरुवात ।
बर्मा र कश्मिरबाट हतियार काे अायात।
२००७ फागुन ७ गते शाही घाेषणा आन्दाेलन तिब्र।
२००७ चैत्र मा १०४ बर्षे जहानिय राणा शासनकाे अन्त्य ।
२००७ चैत्र १७ गते राजपत्र काे प्रकाशन।
२००७ चैत्र २० गते रेडियो नेपाल काे स्थापना।
२००९ जेठ १०/१३ सम्म पाचौं महाअधिबेशन बिपी काेइराला सभापति निर्वाचित।
२००९श्रावण ८ गते प्रधानमन्त्री लाई सरकार छाेडन पार्टी काे निर्देशन राजा बलियाे बनायकाे अाराेप सहित २४ घन्टे अल्टिमेटम
त्यस लगत्तै पार्टी निर्देशन नमानेकाे भन्दै मातृकाप्रसाद काेइराला ,नारदमणी, महाबिर पार्टी बाट निस्कासन ।
मातृका काे नेतृत्वमा नेपाल प्रजा पार्टी बन्याे।
२०१० सालमा पुर्वि तराइमा किसान आन्दोलन ।
२०१० असार २ गते पुन मातृकाप्रसाद काेइरालाकाे नेतृत्वमा नया सरकार काे गठन।
२०११पाैस २६ गते विभिन्न ६ सुत्रिय माग राख्दै दाेश्राे पटक सत्याग्रह।
२०१२ माघ १०/११ गते बिराटनगर मा छैटौं महाअधिबेशन सम्पन्न शुवर्ण समशेर सभापति मा निर्वाचित।
२०१२ माघ १० मा बिपी काेइरालाद्वारा समाजवादी घाेषणापत्र जारी।
२०१४ मंसिर २२ मा तेश्राे सत्याग्रह सुरु।
२०१५ फागुन ७ गते संसदिय निर्बाचनकाे घाेषणा।
उक्त निर्वाचन मा १०९ सिटमा ७४ सिटमा नेपाली  कांग्रेस बिजयी ।
२०१४ साल चैत्र १३,१४ र १५ गते एसियाली समाजवादी सम्मेलन काठमाडौ मा ७ देशका प्रतिनिधि सहभागी ।
२०१६ बैशाख  २५ देखि ३१ सम्म साताै महाअधिबेशन  बिपि काेइराला पुन सभापति मा निर्बाचित।
२०१६ जेठ १३ गते पहिलोपटक बिपी काेइराला जननिर्वाचित प्रधानमन्त्री ।
२०१७ पुस १ तत्कालीन राजा महेन्द्रद्वारा कु ।
नेपाल तरुण दलकाे प्रथम राष्ट्रिय भेलामा सहभागी प्रधानमन्त्री तथा पार्टी सभापति बिपी काेइराला सहित गणेशमान सिह कृष्णप्रसाद भट्टराई सहितका नेताहरु गिरफ्तार ।
२०१७ पुस २२ गते सम्पूर्ण दलहरुमाथी प्रतिबन्ध ।
२०१७ माघ १२ /१३ गते भारतमा बिशेष सम्मेलन शुवर्णसमशेरलाइ कार्यकारि सभापति र अान्दोलन काे कमान्डर चयन।
२०१८ मंसिरबाट शसस्त्र आन्दोलन काे सुरुवात।
२०१८/१९मा प्रतिराेध अान्दोलन जगतप्रकाश शाह सहित कयाैनकाे शाहदत्त ।
२०१९ कार्तिक २३ गते देखि हतियार बिसायर
आन्दोलन ।
२०१४ जेठ १देखि  ६ – १५ गते सम्म भारतकाे कलकत्ता मा कार्यकारी  परिषदकाे बैठक विभिन्न मागसहित आन्दोलनको घाेषणा प्रमुख जिम्मेवारी सुवणसमशेर लाई।
२०२५ कात्तिक २४ गते बिपि र गणेशमान रिहा।
फेरि २०२९/३० मा हतियार सहित आन्दोलन ।
२०३३ पाैस २६ गते राष्ट्रिय अस्तित्व सहित बिपिकाे बक्तब्य “राष्ट्रिय मेलमिलाप “काे अाह्वान ।


सभापतिहरु:-
१.मातृकाप्रसाद काेइराला १२ अप्रिल २९५० देखी २६ मे १९५२ सम्म।
२. बिपी काेइराला २६ मे १९५२ देखि २४ जनवरी १९५६ सम्म।
बिपि काेइराला २३ मे १९५७ देखि २१ जुलाइ १९७२ सम्म।
३. शुवर्णसमशेर राणा २४ जनवरी १९५६ देखि २३ मे १९५७ सम्म
४.कृष्ण प्रसाद भट्टराई १२ फ्रेबुअरी १९७६ देखि
११ मे १९७६ सम्म
५. गिरिजाप्रसाद काेइराला ११ मे १९७६ देखि २० मार्च २०१० सम्म
६.शुसिल काेइराला २२ सेप्टेम्बर २०१० देखि ९ फ्रेुब्रअरी २०१६ सम्म
७.शेरबहादुर देउवा ७ मार्च २०१६

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार