मनाङ्ग ख का प्रदेश सभा प्रतिनिधि राजीव गुरूङ उर्फ दीपक मनाङेलाई सोमबार साँझ ६ बजे प्रदेश सभामा सपथ गराउने तयारी भएको छ ।
उनी केही अघि अदालतको आदेशले थुनामुक्त भएका थिए । त्यसयता उनले १२ पुसमा सपथका लागि प्रदेश सभामा निवदेन समेत दिएका थिए ।
गण्डकी प्रदेश सभामा विजयी भएपनि फौजदारी अभियोगमा थुनामा परेका कारण सपथ गर्न पाएका थिएनन् ।