logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

दीपक मनाङेले लिए प्रदेशसभा सदस्यको शपथ


  • राजनीति
  • सोमबार, माघ १४ २०७५

पोखरा-सोमबार प्रदेशसभा सदस्यको दीपक मनाङे राजीव गुरुङले शपथ लिएका छन् ।गण्दकी प्रदेशका प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले मनाङेलाई शपथ खुवाएका हुन् ।
शपथग्रहणपछि सञ्चारकर्मीहरुसित संक्षिप्त कुरा गर्दै मनाङेले चुनावमा आफूले गरेको प्रतिबद्धता पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।मनाङको प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवार बनेका मनाङेलाई निर्वाचनमा वाम गठबन्धनले समर्थन गरेको थियो ।

प्रदेशसभामा विजयी भएपनि उनको सर्वोच्च अदालतमा ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दा भएका कारण मनाङेले शपथ लिन पाएका थिएनन् ।मनाङे करिब ८ महिना जेलसमेत बसेका थिए ।

पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका मनाङेले शपथका लागि निवेदन दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार