logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

देश इतिहास कै सर्बाधिक संकटमा छ : ओमप्रकाश पुन


  • न्युज डेस्क
  • बुधबार, माघ १६ २०७५

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले “दलाल पुँजीवादका कारण देश इतिहासमै सर्वाधिक सङ्कटमा परेको बताए । सार्वभौमसत्ता सम्पन्न राष्ट्र भेनेजुएलामा अमेरिकी साम्राज्यवादले नाङ्गो हस्तक्षेप गर्दासमेत केही बोल्न नसक्ने नेपालका प्रधानमन्त्री केपी ओली र उनको सरकार साम्राज्यवादी पुँजीवादीहरूको घोषित दलाल भएको भन्दै नेता पुनले अब क्रान्तिकारी कम्युनिस्टहरूले अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवाद र राष्ट्रिय स्तरमा दलाल पुँजीवादका विरुद्ध सशक्त प्रकारको सङ्घर्ष गर्नुपर्ने बेला आएको बताए ।

नेता पुनले भने, ‘संसदीय व्यवस्थाको असफलता अहिले दलालहरूका बीच आपसी अन्तरविरोधमा अभिव्यक्त हुँदै गएको छ । उनीहरूले यसलाई क्रान्तिकारी शक्तिमाथि दमन गरेर वा गृहयुद्ध निम्त्याएर विषयान्तर गर्न खोजिरहेका छन् ।
यो हाम्रो पार्टी र नेपाली जनतालाई कदापि स्वीकार्य हुँदैन । बाबुरामको पलायन र प्रचण्डको विचलनले जनता र क्रान्तिकारीमा केही निराशा र अविश्वास खडा गरे पनि अहिले हाम्रो पार्टीका उदीयमान नेता कमरेड विप्लवको नेतृत्वमा अघि बढेको एकीकृत जनक्रान्तिले जनतामा पुनः नयाँ आशा र विश्वास पलाएको छ ।
आफ्नो पार्टी जनयुद्धको उत्तराधिकारी भएकाले आफूहरू अहिले जनतामा फर्किएको नेता बताउँदै पुनले अब देशमा छिट्टै समाजवादी क्रान्ति सम्पन्न हुने दाबी गरे ।
तीन महिने संगठन सुदृढ तथा बिस्तार अभियान काे क्रममा पुर्वी नेपालकाे इलाम पुगेका नेतापुनले एक जनसभामा उक्त कुरा बताएका हुन।
अहिले नेकपाले देशैभरी तीन महिने संगठन सुदृढ तथा बिस्तार अभियान घनिभुत बनाउदै लगेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार