logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

किन गर्याे प्रहरी हेडक्वाटरले ३ एसपी काे फिल्ड फेरबदल ?


  • न्युज डेस्क
  • बिहिबार, माघ १७ २०७५

काठमाडौं । गृहमन्त्रालय अन्तगर्त प्रहरी प्रधान कार्यालयले धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिएकाे छ। ३ जिल्लाका प्रहरी प्रमुख उपरीक्षक परिवर्तन गरेकाे जनाएको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयका अनुसार धनुषाका गोविन्द थपलियालाई प्रहरी परिसर, ललितपुरमा तानेर उनको ठाउँमा ललितपुरका एसपी शेखर खनाललाई खटाइएको छ ।

धादिङका एसपी डम्बर विकलाई महाराजगञ्जस्थित शिक्षालयमा पठाइएको छ भने उनको ठाउँमा राजकुमार वैदवारलाई पठाइएको छ ।

त्यस्तै, सिन्धुलीका एसपी रामेश्वर यादवलाई प्रहरी प्रधान कार्यालय, जगेडापुलमा तानेर चक्रबहादुर सिंहलाई उनको ठाउँमा पठाइएको बताएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार