राजनीति
पोखरा- नेपाली कांग्रेसभित्र नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलको गतिविधिलाई लिएर खैलाबैला शुरु भएको छ । चिन्तन पौडेलले नेविसंघभित्र खेल्न खोजेको आरोप आफ्नै समूहका नेताहरूको छ ।
चिन्तनलाई नेता बनाउने ध्यानमा लागेका पौडेलको केही दिन अगाडि नेविसंघका नेताहरूले सिधै आलोचना गरेर आक्रोश देखाएका थिए । रामचन्द्रले चिन्तनलाई कांग्रेसको नेताका रुपमा अगाडि बढाउन खोजेका छन् । तर, चिन्तनले केटाकेटी पारा देखाउँदा आफ्नै गुटका नेताहरू दिक्क भएका छन् ।
पछिल्लो समय चिन्तन पौडेलको बैदेशिक दलालका रुपमा चिनिएका व्यक्तिहरूसँग घुलमिल र उठबस हुने गरेको छ । ठमलेका दोहोरी साँझ, डिस्को, रेष्टुरेन्टदेखि घुम्ने बेला ती बैदेशिक दलालले चिन्तनलाईआर्थिक सहयोग गर्ने गरेका छन् । रातिको समयमा ठमेलका रेष्टुरेन्टहरूमा उनै दलालसँग चिन्तनलाई नेविसंघका नेताहरूले देखेपछि रामचन्द्र पौडेलसँग गुनासो पनि गरेका थिए । तर, रामचन्द्रले आफ्ना छोरा चिन्तनलाई सम्झाउनुको साटो नेविसंघका नेताहरूलाई हप्काएपछि विवाद भएको स्रोतले जनाएको छ ।
आफ्नो बुबाको नाममा फेसबुक र ट्वीटर एकाउन्ट खोलेर चिन्तन पौडेलले स्टाटस लेख्ने गरेका छन् । रामचन्द्र पौडेललाई विवादमा ल्याउने गरेर चिन्तनले अल्लारेपाराका स्टाटस लेखेको भनेर आलोचना पनि भएको छ । आलोचना हुँदा पनि चिन्तनमा सुधार हुने कुनै संकेत देखिएको छैन ।
पछिल्लो समय चिन्तनको गतिविधिबाट दिक्क भएका नेपाली कांग्रेस र नेविसंघका नेता तथा कार्यकर्ताहरूले अर्को पारसको जन्म भएको भनेर आलोचना गर्न थालेका छन् । चिन्तनमा पलाएको अराजकताबाट नेपाली कांग्रेसका नेताहरू पनि चिन्नित बन्न थालेका छन् ।