logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कस्ले लेख्याे मुख्य मन्त्री शाहीकाे गाडीमा माफिया सरकार मुर्दावाद


  • न्युज डेस्क
  • शुक्रबार, माघ १८ २०७५

मुख्य बिपक्षी दल नेपाली कांग्रेस काे भातृ संगठन नेपाल विद्यार्थी संघले आन्दोलनको नयाँ शैली बदल्दै कर्णाली प्रदेशका मुख्य मन्त्री बिरुद्ध सांकेतिक संघर्ष गरेकाे छ।

बिहीबार मात्रै कर्णाली  प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा नेविसंघले ‘माफिया सरकार मुर्दाबाद’ लेखेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत ‘स्कुल आफ ल’ को बीएलएलबी कार्यक्रमको उद्घाटनका क्रममा पार्किङ गरिखाखेको बा२झ ५७९३ नम्बरको गाडीमा नेविसंघले सरकार बिरोधी नारा लेखेकाे छ।

सरकारविरुद्ध प्रदर्शन, राँके जुलुससँगै आफूहरुले दवाद दिनका लागि मन्त्री र सरकारी गाडीमा ‘माफिया सरकार मुर्दाबाद’ लेख्न थालेको नेविसंघका केन्द्रीय सदस्य अनिलकुमार शाहीले बताए ।

नेविसंघले चिकित्सा शिक्षा बिधेयक तोडमोड गरेर डा. गोविन्द केसीका मागहरु पूरा नगरेको, निर्मला पन्तका हत्यारा पत्ता नलगाएको लगायतका माग राखेर सरकारको बिरुद्व सडक अान्दोलन गरिरहेकाे छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार